डा. गोविन्द केसी ‘हत्यारा भएकोे नेकपा सांसद गंगा चौधरीको गम्भीर आरोप - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Sunday, July 29, 2018

डा. गोविन्द केसी ‘हत्यारा भएकोे नेकपा सांसद गंगा चौधरीको गम्भीर आरोप

साउन १३, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरी सत्गौवाले डा. गोविन्द केसीमाथि ‘हत्यारा’को गम्भीर अभियोग लगाएकी छन् ।

आज संसदमा चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा. केसीको अनसनका कारण कैयौंको ज्यान गएको जिकिर गरिन् । 

डा.केसीको अनसनका क्रममा शिक्षण अस्पतालले भर्ना नलिँदा दाङ देउखुरी लमही नगरपालिका १ का हेपाटाइटिसका विरामी गोविन्द चौधरीको मृत्यु भएको भन्दै यस्ता घटनाको जिम्मेवारी नेपाली कांग्रेसले लिन्छ कि गोविन्द केसीले लिन्छन् भनी प्रश्न गरिन् । 

सांसद चौधरीले‘डा. गोविन्द केसी हत्यारा हुन् भन्दै हत्यारालाई कारबाही गर्ने कि नगर्ने भनी प्रतिप्रश्न गरिन् । कांग्रेस सांसद डिला संग्रौलाले भने चौधरीको अभिव्यक्तिप्रति नियमापत्ति गरिन् । 

कांग्रेसकै पालामा डा केसी लगाएतको समस्या उब्जिएको सांसद चौधरी आरोप लागाईन् । कहाँ मेडिकल कलेज खोल्ने भन्ने प्रदेश सरकारले निर्णय गर्न पनाउनु पर्ने उनले बताइन् ।

source: onlinekhabar.com

धेरै पटक पढिएको