डा. केसीलाई प्रधानमन्त्रीले भने, ‘तपाईँको अभियान बुझ्न मलाई समय लाग्यो’ - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Saturday, August 11, 2018

डा. केसीलाई प्रधानमन्त्रीले भने, ‘तपाईँको अभियान बुझ्न मलाई समय लाग्यो’

अब हामी मिलेरै स्वास्थ्य शिक्षाको सुधारका लागि अभियान चालौं

साउन २६, काठमाडौँ । डा. गोविन्द केसीलाई बालुवाटारस्थित निवासमा भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो र केसीको अभियान एउटै रहेको तर त्यो बुझ्न आफूलाई समय लागेको बताएका छन्।

डा. केसीले शनिबार दिउँसो भेटेपछि सुरुमै प्रधानमन्त्रीले भने, ‘मेरो बुझाइ र तपाईको बुझाई एउटै रहेछ। अब हामी मिलेरै स्वास्थ्य शिक्षाको सुधारका लागि अभियान चालौं।’

भेटघाट सकिएपछि अन्तिममा पनि प्रधानमन्त्री ओलीले त्यही वाक्य दोहोराए।

डा. केसीले चिकित्सा शिक्षा विधेयक बाहेकका सबै माग पूरा गर्नलाई १५ दिनभित्र कार्यदल गठन लगायत प्रक्रिया सुरु गर्ने आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग माग गरे। केसीले भने, ‘माग पूरा नगरे फेरि पनि म अनशन बस्छु।’

केसीको चेतावनीपछि प्रधानमन्त्रीले सम्झौता संवेदनशील भएको र ती पूरा गर्न समयसीमा बाँधेर गर्न नसकिने बताए। ‘त्यसैले समयसीमाभन्दा पनि सम्झौता कार्यान्वयन गर्नु कुरा ठूलो हो। हामी त्यसमा गम्भीर छौं । तपाइले अनशन बस्ने दिन नआओस् भन्ने हाम्रो चाहना छ,’ उनले भने।

केसीले भने, ‘मसँग गरेको प्रतिवद्धता पूरा गर्नु आम जनताले गुणस्तरीय र सर्भसुलभ शिक्षा पाउनु हो। त्यसैले सबै गम्भीर हुनु पर्छ।’

प्रधानमन्त्रीले पनि आफू त्यही अभियानमा रहेको दोहोर्‍याए। उनले भने,  ‘हामी पनि त्यही अभियानमा थियौं र छौं। खालि तपाईँ र मेरो बुझाइ एउटै रहेछ भन्ने ठम्याउन समय लाग्यो । अब चिन्ता गर्न पर्दैन।’

डा. केसीका समर्थक एवं वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रधानमन्त्री र डा. केसीबीच दुई घण्टा गहन छलफल भएको जानकारी दिए।

उनले डा. केसीसँग भएका हरेक सम्झौता कार्यान्वय कसरी गर्ने भन्नेमा गहन छलफल भएको र त्यसका लागि छिट्टै एउटा कार्यदल पनि गठन गर्ने औपचारिक सहमति दुवै पक्षबीच भएको जानकारी देशसञ्चारसँग दिए।

धेरै पटक पढिएको