रुँदैरुँदै कानुनमन्त्रीले राजीनामा दिए : अनि भने-केही तत्व मेरो पछाडि लागे - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Tuesday, July 24, 2018

रुँदैरुँदै कानुनमन्त्रीले राजीनामा दिए : अनि भने-केही तत्व मेरो पछाडि लागे

साउन ८, काठमाडौं-बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राकाबारेमा अमर्यादित अभिव्यक्ति दिएर विवादमा तानिएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् ।

सिंहदरवारमा रुदै रुदै कानुनमन्त्रीले राजीनामा दिएका छन् । काम गर्ने कोशिष हुँदाहुँदै पनि राजीनामा गर्न बाध्य पारिएको उनको भनाई थियो । सिंहदरवारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री तामाङले राजीनामाको घोषणा गरेका हुन् ।

उनले कतिपय आफ्नो विरोधमा केही तत्व पछाडि लागेका बताए । कतिपय कमजोरीलाई मुल मुद्दा बनाएर जुन प्रचार गरिएको छ, यसले दुखी बनाएको मन्त्री तामाङले बताए । 

आफु महिला अधिकारको पक्षमा काम गर्दागर्दै त्यहि विषयमा विवादमा परेको पनि उनले बताए । मौकिल हक सम्बन्धी १५ वटा कानुन कानुन मन्त्रालयबाट अगाडि बढेको पनि उनले बताएका छन् । 

उनले आफु भावुक मान्छे रहेको र जनतालाई शिरमा राखेर काम गरेको बताए । कसैलाई समाप्त गर्ने उदेश्यले आफुले काम नगरेको उनले बताए । उनले राज्यका सवै अंगमा भ्रष्ट्राचार अन्त्यबारे आफु बोलेको पनि बताए । महिलाप्रति आफु संवेदनशिल रहेको बताए । 

बंगलादेशमा पढ्ने छोरी हिंसामा परेको सुनेपछि भावनात्मक रुपमा बोलेको उनले बताए । उनले गलत र षडयन्त्रमुलक समाचार आएकोमा दुखी भएको पनि बताए । उनले सरकारको सफलताका लागि आफुले सक्दो काम गर्ने पनि बताए । 

उनी चैत्र ३ गते मन्त्री भएका थिए । 

नेपाल कम्युनिस्ट पार्टी नेकपाले कानुन न्याय तथा संसदीय मामिला मन्त्री   तामाङलाई राजीनामा दिन निर्देशन दिएपछि मन्त्रीले पत्रकार सम्मेलन गरेर यसको घोषणा गरेका हुन् । 
प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई बोलाएर छलफल गरेपछि उनको राजीनामाको विकल्प अगाडि आएको हो । 

धेरै पटक पढिएको