त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ गम्भीर घाइते - Khabar Kavre

Khabar Kavre

Collection Of News...

Flash News

Post Top Ad

Friday, July 27, 2018

त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ गम्भीर घाइते

साउन ११, चितवन । चितवनमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ।

दुर्घटनामा परी ११ जना घाइते भएका छन्। घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेमा ३ महिला र ४ पुरुष छन्।काठमाडौंबाट पोखरा जान आउँदै गरेको ना ६ ख २५०६ नम्बरको बस, विपरित दिशाबाट जाँदै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। 
दुर्घटनामा परेको बसबाट २२ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
घाइतेहरुको चितवन मेडिकल कलेज र सरकारी अस्पतालमा पुगाएर उपचार भइरहेको छ।

बिहान ११:५० बजे भएको उक्त दुर्घटनापछि ट्रक सडकमै रहेको छ भने बस अन्दाजी ६०/७० मिटर तल त्रिशूली नदी किनारमा खसेको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। 

धेरै पटक पढिएको